दफा ३३
सहयोग गर्नु पर्ने
(१) निरीक्षण अधिकृतले ऐन तथा यस नियमावली बमोजिम आफ्नो कार्य सम्पादनको क्रममा आवश्यक भएमा स्थानीय प्रशासनसँग सहयोग माग गर्न सक्नेछ।
(२) उपनियम (१) बमोजिम निरीक्षण ८ अधिकृतले सहयोग माग गरेमा त्यस्तो सहयोग उपलव्ध गराउनु सम्बन्धित स्थानीय प्रशासनको कर्तव्य हुनेछ।